काठमाडौं : सञ्चारकर्मी बिष्णु ठकुरी र कलाकार अनुमती नेपालीको अभिनयमा म्युजिकल स्टोरी नाम दिइएको म्युजिक भिडियो 'मनै फाट्यो नि' सार्वजनिकभएको छ । धादिङको धुनिबेशी घर भएका ठकुरीलाई विभिन्न टेलिचलचित्रहरुमा समेत चर्चा कमाएकी कलाकार अनुमती नेपालीले साथ दिएकी हुन् ।
कोरोना भाइरस पोजेटिभ देखिएपछि यथार्थ कुरालाई अन्य कुरासँग जोड्दा भएको घटनाहरुलाई भिडियोमा देखाइएको छ । गीतमा प्रेम र बिछोडका कुरा प्रस्तुत गरिएको छ।
भिडियो धादिङको विभिन्न स्थानमा छायांकन गरिएको छ । गीतको भिडियोमा उदयराज शर्माको छायांकन, सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सँगित र सँगित सँंयोजन रहेको छ ।
भिडियोको मिडिया पार्टनरको रुपमा नागरिक पाटी डटकम, एनआरएन टिभी शो र रेडियो राजमार्ग ९२.१ मेगाहर्ज रहेको छ । भिडियो सिने सँगालो नामक युटुब च्यानलबाट सार्वजनिकभएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies