काठमाडौं : नेपालको गत वर्षको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको देखिएको छ । कोरोनाको प्रभावले आर्थिक बृद्धिदर ठूलो आकारको ऋणात्मकमा जाने डर रहेको बेला विभागको यो तथ्यांकले केही राहत दिएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकले सो अवधिमा कुल गार्हस्थ उत्पादनको आकार बढेको देखाएको छ । आर्थिक बृद्धदर ऋणात्मक भएपनि कुल गार्हस्थ उत्पादनको आकार बढेको उल्लेख गर्दै विभागले आत्तिनु पर्ने अवस्था नरहेको जनाएको छ ।
आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतिजा अनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताए । उनले नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरु पुनरावलोकन गनु पर्ने सुझाव समेत दिएका छन् ।
यसैगरी विभागले कुल गार्हस्थ उत्पादनको आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्त्य सम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
यसैगरी प्रति व्यक्ति आय गत वर्ष १ हजार १ सय उनान्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय चौंतिस डलर रहेको तथ्यांकले देखाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies