सुशील सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहन बहादुर कस्नेतले कोराना संक्रमणमा जोखिम मोलेर काम गर्ने विभिन्न संस्था तथा व्यक्तिलाई सम्मान गरेका छन् ।
जिल्लाका सक्रिय ४ पत्रकारसहित जनप्रतिनिधि र कार्यकर्ताहरुलाई सम्मान गरिएको हो । आइतबार सुकुटे रिसोर्टमा एक कार्यक्रम गरी संक्रमण तथा विपत्तिमा योगदान पु¥याउने जिल्लाका अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
पत्रकार देवराज सुवेदी, दुर्गा आचार्य, निरोज चौलागाईं र चित्र मिजार गरी जिल्लाका ४ पत्रकार र अन्य विपत्तिमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सिन्धुपाल्चोकमा कोरोना भाइरस र प्रकृति प्रकोपमा परेको सिन्धुबासीलाई स्वास्थ्यउपचार, स्वास्थ्य सामग्री, खाद्यान्न लत्ताकपडा, त्रिपाल लगायत आवश्यक सामग्री वितरणमा खटिने नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुसमेत सम्मानित गरिएको नेपाली कांग्रेस युवा नेता प्रकाश सापकोटाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies