यामराज विष्ट/मध्यान्ह
दैलेख : प्रहरीले बहुविवाह मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दैलेख प्रहरीले बहुविवाह मुद्दाको फरार अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको नारायण नगरपालिका वडा नं १ का ४८ वर्षीय यादव बहादुर गुरुङ रहेका छन् ।
बहुविवाह मुद्दाको फरार यादवलाई जिल्ला अदालत दैलेखबाट मिति २०६६।०३।०२ गते बहुविवाह मुद्दामा फैसला भई १ वर्ष कैद सजाय सुनाइएको थियो ।
फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय दैलेखको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पक्राउ गरेको हो । उनलाई दैलेख जिल्ला अदालतमा कैद भुक्तानको लागि उपस्थित गराई कारागार चलान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies