काठमाडौं : राष्ट्रिय खेलकुद विकास नियमावलीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको सेवा सुविधा निर्धारण गरेको छ । प्रस्तावित नियमावलीमा उल्लेख भए अनुसार राखेप सदस्य सचिवले पारिश्रमिक, सुविधा तथा सेवाको अन्य शर्त नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी सहर रहने बताईएको छ । नियमावलीले राखेपका उपाध्यक्ष र सदस्यको समेत सेवा सुविधाको प्रस्ताव गरेको छ ।
नियमावलीमा परिषद्का उपाध्यक्ष र सदस्यलाई परिषद्को आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम बैठक भत्ता प्रदान गर्न सक्ने उल्लेख गरेको छ । त्यस्तै, उपाध्यक्ष र बोर्ड सदस्यले राष्ट्रिय एवंम अन्तराष्ट्रिय भ्रमण गर्दा परिषद्ले आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम दैनिक भ्रमण भत्ता प्रदान गर्न सकिने प्रस्ताव गरिएको छ ।
परिषद्को कामको शिलशिलामा सवारी साधन प्रयोग गर्दा लागेको इन्धन खर्च वा भ्रमण सम्बन्धी अन्य खर्च परिषद्ले आर्थिक प्रशासन सम्बन्धी विनियमावली बमोजिम प्रदान गर्न सकिने नियमावलीमा व्यवस्था गरेको छ । परिषद्को कामको शिलशिलामा खटिने सदस्यलाई पनि परिषद्ले तोके बमोजिम सेवा सुविधा प्रदान गर्ने नियमावलीमा उल्लेख छ ।
परिषद्का उपाध्यक्ष, सदस्य सचिव, सदस्यको सेवा सुविधालाई समावेश गर्दै राष्ट्रिय खेलकुद विकास नियमावली तयार पारिएको छ । मन्त्रालयले विभिन्न सरोकारवाला निकायसंग छलफल गरि तयार पारेको नियमावली सरोकारवाला पक्षलाई अध्ययनका लागि बुझाईएको छ । मन्त्रालयले तयार पारेको नियमावली मन्त्रीपरिषदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies