काठमाडौं : भीम विसिको शब्द, सागर अधिकारी ‘शरद’को संगीत, प्राञ्जल पोखरेल, एलिना चौहानको स्वर, उदयराज पौडेलको एरेञ्ज र अशोक महर्जनको मिक्सिङ तथा माष्टरिङ रहेको ‘दिलमा सर्किट बनेर’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोमा गायकद्वय प्राञ्जल र एलिनासँगै दमोन क्षेत्री, उषा उप्रेतीलाई फिचरिङ गरिएको छ ।
सुरेन्द्र वसेलको निर्देशन रहेको भिडियोमा रामकुमार केसीको छायाँकन रहेको छ भने नवीन निरौलाको सम्पादन रहेको छ । रुपन्देहीको भैरहवमाका स्थायि बासिन्दा प्रञ्जल छिट्टै नै सोलो एल्बम स्रोता/दर्शकमाझ ल्याउने तयारीमा छन् । आफ्ना अन्य गीत जस्तै यो गीतले पनि दर्शक÷स्रोताको साथ पाउने आफूले आशा राखेको प्रञ्जलले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies