काठमाडौं : डा. रानी शाक्यको परिचय बदलिएको छ । गायिका रानी शाक्यको नामले स्थापित त्यो नाम आम संगीतप्रेमी श्रोत्राहरुको लागि नौलो लाग्दैन । पेशाले चिकित्सक उनी सांगितिक आकाशमा आङ्खनै रङ्खतारमा उडिरहेकी छिन् । सानैदेखि गीत संगीत भने पछि हुरुक्क हुने शाक्य स्कूल कलेज जीवनमा गायिका सुक्मित गुरुङ, स्व.अरुण लामा स्व.तारादेबीका गीतहरु खुब गाउँथिन् ।
काठमाडौंको नरदेबीमा जन्मीएकी शाक्यको पहिलो गीत ‘फेरि आज एकान्तमा’ हो । जसमा ओम कर्माचार्यको संगीत र लक्ष्मी श्रेष्ठको शब्द रहेको छ । सानैदेखि गीत गाउने रहर हुँदाहुँदै पनि २०१७ मा गीत रेकर्ड गर्न पुगेकी डा. शाक्यले एनेस्थेसियोलोजिस्टको रुपमा गंगालाल हार्ट सेन्टर, टिचिङ हस्पिटल मेडिकेयर हस्पिटलमा कुनै दिन आबद्ध रहेर बिरामीहरुको सेवामा आफुलाई समर्पित गर्दथिन् ।
हाल अमेरिकाको मेरील्यान्डमा बसेर नेपाली गीत संगीत र आङ्खनो पेसामा सकृय उनी हरेक किसिमका गीत गाउन रुचाउँछिन् । एक सय भन्दा बढी गीत गाइसकेकी शाक्यले थु्रपै नेपाली चलचित्रमा समेत आङ्खनो सुमुधुर आवाज दिइसकेकी छन् । सांगीतिक क्षेत्रमा अघि बढ्न विषेश गीतकार लक्ष्मी श्रेष्ठ र श्रीमान डा. राजेश शाक्यको ठूलो योगदान रहेको उनी बताउँछिन् ।
नेपालका चर्चित संगीतकार न्यू बज्राचार्य मधु क्षेत्री ओम कर्माचार्य विक्रम थापा दिपक शर्मा विकाश चौधरी लगायतका थ्रुपै संगीकारको संगीतमा आवाज दिईसकेकी शाक्य पप लोक कलासिकल आधुनिक हरेक किसिमका गीतमा आवाज दिईसकेकी छन् । डा. शाक्यका चर्चित गीतहरुमा यो वैशको मात लाग्यो, पहिलो माया साँची राखें, फुल होइन मेरो माया, सल्लाघारी लगायतका रहेका छन् । हालसालै बजारमा आएको लाहुरे एल्बमको समयले भए म लाहुरे, उडु उडु लाग्छ डुलुडुलु लाग्छ रमाइलो चियाबारीमा, सुहाउँदैन ओेठमा हासो गीतले गायिका रानी शाक्यलाई नेपाली सांगीतिक आकाशमा थप उचाई प्रदान गरेको छ ।
गायिका शाक्यले चियावारी गीत मार्फत लोकप्रिय गायिकाको नेशनल इन्टरटेनमेन्ट अवार्ड स्र्पस म्युजिक भिडियो अवार्ड २०२० ढलक ढलक गीतबाट वेस्ट पप गायिकाको अवार्ड जितेकी शाक्यले निम अवार्डमा उत्कृष्ट युगल गायन र विन्दवासीनी म्युजिक अवार्ड वेस्ट पप मोर्डन गायिकामा समेत नोमिनेसनमा परेकी थिइन् । उनका गीतहरु आङ्खनै युटुब च्यालन मार्फत श्रोत्राहरु माझ पस्किदै आएकी शाक्य नेपाली गीत संगीतमा सकृयताका साथ लागिरहने बताउँछिन् ।
दर्शक श्रोत्राहरुको रुचिलाई ध्यानमा राखेर केहि दिनमा केहि नया गीतहरु सार्वजनिक गर्ने तयारीमा रहेकी शाक्य सांगीतिक दौडमा साथ दिने सबैलाई सम्झिन चाहन्छिन् । नेपाली गीत संगीतको पछिल्लो अवस्थाबाट उनी बेखुसी छैनन् । नया नया कलाकारहरुको सृजनाले झन नेपाली सांगीतिक क्षेत्रलाई थप उचाईमा पुराएको बताउने शाक्य भारल हुने नाममा जे पायो त्यही गर्न नहुने बताउँछिन् ।
पछिल्लो समयमा आएका कतिपय गीत संगीतबाट आफु खुसी नभएको उनी बताउँछिन् । अबका दिनमा नेपाली गीत संगीतलाई अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रवेश पाउने किसिमका गीतहरु बजारमा ल्याउने योजनामा रहेको बताउने शाक्य आङ्खना गीतहरुबाट सन्तुष्टि छन् । दर्शक श्रोत्राहरुको मायाले थप हौसला बढेको बताउदै उनले भनिन नेपाली गीत संगीतमा मेरो यात्रा अन्नत कालसम्म रहिरहने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies