काठमाडौं : गायिका नानीमाया महर्जनको नयाँ नेवारी गीत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘भाजु छिथाय् जि वया’ बोलको गीतमा स्वयं नानीमायाले नै शब्द र संगीत भरेकी छन् ।
सुरज नापितले निर्देशन गरेको गीतको भिडियोमा सरोज ढुंगाना, रोजिशा महर्जन, नानीशोभा महर्जन, युलशी गैरे र नारन विष्टको कुशल अभिनय देख्न सकिन्छ ।
विरेन शाक्यले एरेन्ज गरेको उक्त म्युजिक भिडियो राजेन्द्र डंगोलले गरेका छन् भने भिडियो सम्पादन पनि स्वयं डंगोलले नै गरेका छन् । उक्त म्युजिक भिडियो हाइलाइट्स नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies