कमला भट्टराई/मध्यान्ह
झापा : कानेपोखरी ७ बाट प्रतिबन्धित लागूऔषधसहित तिन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रंगेली ६ का १९ वर्षीय अभिशेखकुमार मण्डल, सुन्दरहरैचा ७ का १९ वर्षीय सुवास तामाङ र उर्लाबारी ६ का २८ वर्षीय अनमोल घिमिरे रहेका छन् ।
को २ ह ३३९६ नम्बरको अटोमा आइरहेका तीनै जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनीहरुले अटोको सिट मुनि लुकाई राखेको ५८८ चक्की नाइट्राभेट लागूऔषध फेला पारी बरामद गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पक्राउ परेका मध्ये मण्डल अटो चालक रहेका र उनको समेत संलग्नता रहेको खुल्न आएको छ भने अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies