कमल खड्का/मध्यान्ह
रोल्पा : ‘राष्ट्रको लागि खेलकुद, स्वास्थको लागि खेलकुद’ भन्ने मूल नाराका साथ रोल्पाको त्रिवेणी गाउँपालिकामा तेस्रो राष्ट्रपति रनिङशिल्ड सम्पन्न भएको छ ।
उक्त रनिङ शिल्ड प्रतियोगिताको शिल्ड सिद्धरत्न माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ हान्जवाङले जितेको छ ।
उक्त विद्यालयले लगातार ३ वर्ष नै शिल्ड जित्दै शिल्ड नै आफ्नो बनाएको हो । अर्को पटक प्रतियोगिता आयोजना गर्दा नयाँ शिल्ड बनाउनु पर्ने छ । विद्यालयले शिल्ड सहित नगद ६ लाख ८० हजार नगद पनि हात पारेको छ ।
विद्यालयले १८ स्वर्ण जित्दै प्रथम स्थान हासिल गरेको हो । त्यस्तै १६ स्वर्ण जित्दै जन जागृति माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका ५ जुगाँरले दोस्रो स्थान हासिल गरेको छ ।
त्यस्तै ५ स्वर्ण जित्दै श्री अरनिको माध्यमिक विद्यालय त्रिवेणी गाउँपालिका २ नुवागाउ रोल्पाले तेस्रो स्थान हासिल गरेको छ ।
प्रतियोगितामा छात्र कबडीतर्फ जनजागृति माध्यमिक विद्यालय जुगाँर रोल्पाका रोहित वि.क र छात्रामा पनि सोही विद्यालयकै आलिया आग्री, एथ्लेटिक्समा सिद्धरत्न माध्यमिक विद्यालयका आशिष वली तथा छात्रामा मिना खत्री र भलिबल प्रतियोगितामा छात्रतर्फ गोविन्द माध्यमिक विद्यालय त्रिवेणी ७ दुम्लाका सुदीप बुढाथोकी र छात्रातर्फ अरनिको माध्यमिक विद्यालय त्रिवेणी गाउँ पालिका २ नुवागाउ रोल्पाकी जस्मती घर्तीमगर उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत पनि भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies