नहकुल जोशी/मध्यान्ह
काठमाडौं : बाजुराका पत्रकार अनिल शाही अभिनित लोक दोहोरी गीत ‘सधैं मनपेट खोल्ने गर्या भा’ को म्युजिक भिडियो आइतवार सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच जय मष्टा मिडिया युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो ।
गायक प्रभुराज पाण्डे र गायिका माया पाख्रिनको आवाजमा रहेको गीतको भिडियोमा पत्रकार अनिल शाही र कलाकार आशा थापाले अभिनय गरेका छन् । कृष्ण मल्ल ठकुरीले रचना गरेको सो गीतमा पत्रकार शाहीले प्रमुख भूमिकामा अभिनय गरेका हुन् । सो म्युजिक भिडियो नारायण दत्त उपाध्यायले निर्देशन गरेका हुन् ।
बाजुराबाट पत्रकारिता गर्दै आएका पत्रकार शाहीले विद्यालय जीवनकालदेखि नै कलाकारिता क्षेत्रमा रुची राख्ने गरेको सो समयमा थुप्रै गीत गाएर प्रथम भएको सम्झँदै त्यति बेलाको दुःख बिसाउने चौतारीकारुपमा कलाकारिता रहेको सुनाए । आफु सानो हुँदा आफ्ना बुवाको निधन भएपछि गीत गाउने गरेको सम्झँदै पत्रकार शाहीले पत्रकारिता पेशामा आकर्षित हुनुको प्रमुख कारण नै कलाकारिता भएको बताए ।
उनले रेडियोमा गीत सुन्न र गाउन पाइने भएकै कारण आफू त्यसतर्फ लागेको र अहिले बाजुराको कोल्टीमा रेडियो बुढीनन्दा सञ्चालन गरिरहेको बताए । बाल्यकालदेखि नै कलाकारिता तर्फको लगावकै कारण यो म्युजिक भिडियोमा आफूले अभिनय गरेको उनले बताए । एक दशक भन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहेका पत्रकार शाहीको यो पहिलो म्युजिक भिडियो हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies