काठमाडौं : नेपालमा प्रत्येक दिन अढाई अर्ब बराबरको रेमिट्यान्स भित्रिने गरेको छ । औपचारिक च्यानलबाट दैनिक १ अर्ब ७६ करोड र बाँकी अनौपचारिक च्यानलबाट रेमिट्यान्स भित्रिने गरेको अनुमान छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने कामदारहरु घट्दै गएपनि नेपाल आउने रेमिट्यान्स भने बढेको छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनामा ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ भित्रिएको बताएको छ । यसबाहेक अनौपचारिक माध्यम भनिने हुण्डीमार्फत पनि ठूलो रकम भित्रिने गरेका कारण विदेशबाट दैनिकरुपमा आउने रकम २ अर्ब ५० करोडको हाराहारीमा हुने अनुमान गरिएको छ ।
कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीहरु नेपाल फर्किने र विदेशबाट आउने रकममा पनि कमी आउने अनुमान गरिए पनि अनुमान विपरीत नेपालीले रकम पठाएको देखिएको छ । यसअघि २०७२ सालको भूकम्पपछि पनि अनपेक्षितरुपमा रेमिट्यान्स भित्रिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies