देवेन्द्र आलोक/मध्यान्ह
बिराटनगर : तेह्रथुममा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । म्याङलुङदेखि मोराहाङतर्फ जाँदै गरेको को १ ज ३४०९ नम्बरको जीप लाप्छायाङ टोलमा आइतबार राति साढे ९ बजे दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक मेन्छ्यायेम गाउँपालिका–५ का करिब ४६ वर्षीय कृष्ण खापुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप आफैं अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।
सो दुर्घटनामा परी घाइते भएका कृष्णको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा राति करिब १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । जीपमा उनी मात्रै रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies