देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : धनकुटाको हिलेबाट विराटनगर फर्कंदै गरेको को १ च ४६१५ नम्बरको एम्बुलेन्स धनकुटा नगरपालिका ४ देब्रेबासमा दुर्घटना भएको छ ।
मोरङको विराटनगरबाट धनकुटाको हिलेमा सुत्केरी महिला पुर्याएर फर्कंदै गरको विराटनगर सिटी प्रालि अस्पतालको सो एम्बुलेन्स सोमबार बिहान कोशी लोकमार्गको देब्रेबासमा दुर्घटना भएको हो। एम्बुलेन्सले सडकको नाली भत्काइ देब्रेबास बस्ने कुलबहादुर ब्लोन तामाङको आँगनमा पुगेर दुर्घटना भएको हो ।
एम्बुलेन्स चालक विराटनगर महानगरपालिका वडा नं. १४ बस्ने ३० वर्षीया नरेश शाहले मादकपदार्थ सेवन गरेको कारणले एम्बुलेन्स दुर्घटना भएको धनकुटाका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जानकारी दिए । प्रहरीले चालक शाह र सहचालक सोहि ठाउँका २४ वर्षिया श्रवण मण्डल नियन्त्रणमा लिएको जनाएको छ ।
दुर्घटनापछि एम्बुलेन्समा चेकजाँच गर्दा चालकको सिटमुनि करिब ३ सय ग्राम अवैध गाँजा र डेढ लिटर लोकल रक्सी बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको चालक शाह र सहचालक ठाकुर मेडिकल टेष्ट गरि थप अनुसन्धान गरिरहेको जनाएको छ । मेडिकल टेष्ट गर्दा चालक शाहले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । दुर्घटना भएको एम्बुलेन्सको सापट भाँचिएको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies