तिलु शर्मा पौडेल/मध्यान्ह
दोहा कतार : साँगीतिक क्षेत्रमा विगत २ दशकदेखि सक्रिय गायक तथा सर्जक कस्तुप पन्तको बहुप्रतिक्षित 'सिलौटोमा चटनी' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मौलिक लोक तथा दोहोरी गीत चटनी पन्तले आफ्नै युट्युबबाट सार्वजनिक गरेका हुन् ।
पन्तको लय शब्दमा पछिल्लो समयकी चर्चित गायिका समीक्षा अधिकारी र कुलेन्द्र विश्वकर्माले आवाज दिएका छन् भने आशिष अविरलले एरेन्ज तथा मिक्सिङ गरेका छन् । मौलिकता मन पराउनेहरूले यो गीतलाई मन पराउने देखिएको छ । भाइरल लगायतका ट्रेन्ड भन्दा अलग रहेर समकालीन तथा अनुज कलाकारहरू सँग मिलेर मिठो चटनी निर्माण गरिएको र दर्शकले मन पराउनेमा पन्त आशावादी छन् ।
आफ्नो दशकौँको लामो अनुभव र केही नयाँ क्रियसन सहित सक्दो मेहनत गरेर भिडियोको निर्देशन गरेको र यसले सफलता पाउनेमा निर्देशक शङ्कर बिसी आशावादी देखिए ।
भिडियो स्टार काष्टले भरिभराउ छ । भिडियोमा चर्चित गायिका तथा मोडल ज्योति मगर, प्रीति आले चर्चित गायक तथा सर्जक रामजी खाँड र गायक स्वयंको अभिनय रहेको छ । दुर्गा पौडेलले खिचेका दृश्यलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies