काठमाडौं : त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको छ । टियु क्रिकेट मैदानमा मंगलबार भएको खेलमा नेपाल नेदरल्यान्ड्ससँग ३ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १९ ओभर ३ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । नेदरल्यान्ड्सको जितका लागि बेन कुपर र बास डे लिडले अर्धशतकीय इनिङ्स खेले ।
नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । त्यस्तै करण कसी, अभिनास बोहरा र कुशल मल्लले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ६ रन जोडेको थियो । टी–ट्वान्टी अन्तराष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।
नेपालका लागि कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले । दुबैले ७८ रनको साझेदारी गरे ।
यस जितसँगै नेदरल्यान्ड्सले नेपालसँग पहिलो खेलमा व्यहोरेको हारको बदला लिएको छ । पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ४ अंक जोडेको छ । नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ ।
नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ४ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा रहेको छ । २ खेलमा अंक विहीन मलेसिया पुछारमा रहेको छ । राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्ने छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies