काठमाडौं : पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार डा. धर्मराज (डिआर) उपाध्यायलई १९ वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरेका छन् । गीत–संगीतका विभिन्न विधाबाट ५१ विश्व रेकर्ड राख्न सफल गीतकार डा. उपाध्यायलई गत सोमबार राजधानीमा आयोजित एक समारोहबीच पूर्व प्रधानमन्त्री चन्दले उक्त प्रमाणपत्र प्रदान गरेका हुन् । गिनिज अफ वर्ल्ड रेकर्डसहित विभिन्न ३२ विधामा कीर्तिमान बनाएका डा. उपाध्यायले थप १९ विधामा नयाँ रेकर्ड कायम गर्दै ५१ विश्व रेकर्ड कायम गरेर विश्वमै सबैभन्दा बढी विश्व कीर्तिमान कायम गर्ने व्यक्तिको सूचीमा आफूलाई पनि उभ्याएका छन् ।
डा. उपाध्यायले यस पटक अमेरिकन बुक अफ वर्ल्ड रेकर्ड, युरोपियन बुक अफ रेकर्ड, द ब्रिटिस वर्ल्ड रेकर्ड, एशियन वर्ल्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम, आसाम वर्ल्ड रेकर्ड, बंगाल वर्ल्ड रेकर्ड, सुप्रिम वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्ड, चम्पियन वर्ल्ड रेकर्ड, ओएमजी वर्ल्ड रेकर्ड, दुवई वर्ल्ड ट्यालेन्ट बुक गरेर १९ फरक विधामा विश्व कीर्तिमान कायम गरेका हुन् ।
सोमबार राजधानीमा एक समारोहबीच पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गीतकार तथा साहित्यकार डा. उपाध्यायलाई यी सबै वर्ल्ड रेकर्डको प्रमाणपत्र प्रदान गरे ।
यसपटक उनले १५० भन्दा बढी देशको पर्यटन स्थलको नाममा गीत तयार गरेर, सबैभन्दा छोटो १८ अक्षरको गीतसंगीत तयार गरेर, एकै दिनमा चार वटा गीत लेखी, रेकर्ड गरेर रिलिज गरेर, १७५ देशका मुद्राहरुको नाममा गीत संगीत तयार गरेर, क देखि ज्ञ सम्म ३४ वटा प्रत्यक वर्णको गीत लेखी पुस्तक ल्याएर नयाँ नयाँ वर्ल्ड रेकर्ड बनाएका हुन् ।
यस्तै ५५ वटा फरक फरक फुलको नाममा गीतलेखि रेकर्ड गराएर, सबैभन्दा धेरै पटक आमा तथा धेरै पटक बुबा शब्द प्रयोग गरी गीत रेकर्ड गराएर, विश्वका १६४ प्रजातिका चराको नाम समेटेर गरी बनाई रेकर्ड गरेर उनल नयाँ किर्तीमानी बनाएका हुन् । यस्तै आफ्ना गीतहरु चिया पिउने सबैभन्दा बढी कपमा छापेर, सबैभन्दा बढी पोष्टकार्डमा छापेर, सकरात्मक सोचमा फाईदासम्बन्धि गीत तयार गरेर, ६० वर्ष नाघेका ११ जना गायक गायिकाको स्वरमा एकै पटक गीत रेकर्ड गराएर डा. उपाध्यायले नयाँ किर्तिमान कायम गरेका हुन् ।
विश्व रकेर्ड प्रमाणपत्र प्रधान गरिने सो कार्यक्रममा अग्रज गायिका ज्ञानु राणा, गायक तथा संगीतकार सागर अधिकारी, गायक जुगल आचार्यले आफ्ना विमोचित एक एक वटा गीत सुनाए । विश्व रेकर्डमा परेका आफ्ना गीतहरु उनीहरुले कार्यक्रममा सुनाएका थिए । सो कार्यक्रममा उपाध्यायको विश्व किर्तिमानी गीति पुस्तक चोट, प्रेयसी तथा गीतिसँग्रह सपनाको महल, धडकन, धर्ति र जीवन, प्रनिभाको पनि पूर्वप्रधानमन्त्री चन्दले लोकापर्ण गरे ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री चन्दले यसरी गीत संगीत सम्बन्धि ५१ वटा विश्व रकेर्ड राख्ने डा. उपाध्याय विश्वकै विरलै श्रष्टाहरुमा पर्ने बताए । देशलाई चिनाउन डा. उपाध्यायले गरेको यो कार्य जति प्रशंसा गर्दा पनि कमै हुने भनाई पूर्व प्रधानमन्त्री चन्दको थियो ।
पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादबले पनि आफ्ना स्कुले साथी एवम गीतकार साहित्यकार डा. उपाध्यायले नसोचेको विश्व रेकर्ड बनाएर सबैलाई चकित तुल्याएको भन्दै खुसी व्यक्त गरे ।
कार्यक्रममा अर्का वक्ता डा. सुरेन्द्र केसीले राज्यले भ्रस्ट फटाहाहरुलाई तक्मा बाँढेको बेला एक नेपाली श्रष्टाले फरक ५१ वटा विधामा विश्व रेकर्ड बनाउनु सरकारकै लागि व्यँग्य भएको बताए । उनले आफ्ना किर्ती र विश्व रकेर्ड मार्फत नेपाली र नेपाली सँगीतलाई विश्वमाझ पुर्याएको पनि उनले बताए ।
श्रष्टा डा. डि आर उपाध्याले हामी नेपालीहरु पनि साहित्य तथा गीत सँगीत सृजनामा विश्वका श्रष्टा भन्दा काम छैनौं भनेर प्रमाणित गर्न पछिल्लो तीन वर्षभित्रै आफुले यस्तो रेकर्ड बनाएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies