एजेन्सी : जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी पूर्व प्रहरी अधिकारी डेरेक शुभिन दोषी ठहर भएका छन् ।
गत वर्ष मे महिनामा शुभिनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म अफ्रिकी अमेरिकी नागरिक फ्लोइडको घाँटी थिचेका थिए । छट्पटाउँदा–छट्पटाउँदै फ्लोइडको मृत्यु भएको थियो ।
हत्याकाण्डबारे छानविन गर्न गठित जूरीले प्रहरी अधिकारी शुभिनलाई दोषी ठहर गरेको हो ।
शोभिनलाई तीनवटा अभियोगमा दोषी ठहर गरिएको छ । जसमा सेकेन्ड डिग्री हत्या, थर्ड डिग्री हत्या र आशय बिनाको गैरकानुनी हत्या छन् ।
सो हत्यापछि अमेरिका र यूरोपमा नश्लभेदको मुद्दा चर्किएको थियो । अमेरिका र विश्वभर प्रदर्शन भएको थियो ।
सन् २००१ देखि प्रहरी सेवामा प्रवेश गरेका डेरेकलाई फ्लोइडको हत्या भएलगत्तै सेवाबाट बर्खास्त गरिएको थियो । फ्लोइडको हत्यामा संलग्न अन्य तीन प्रहरी अधिकारी पनि बर्खास्तीमा परेका थिए।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies