काठमाडौं : वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले वैदेशिक रोजगारको क्षेत्र सुधारका लागि सबै पक्षसंग सहकार्य गर्ने प्रतिबद्धता दोहोर्याएका छन् ।
बुधबार बधाई तथा शुभकामनाका लागि पुगेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष राम प्रसाद भान्तना नेतृत्वमा रहेका व्यवसायीहरुसँगको भेटमा नवनियुक्त महानिर्देशक दवाडीले उक्त कुरा बताएका हुन् । गतहप्ता विभागको महानिर्देशकको जिम्मेवारीमा आएका दवाडीले आफू वैदेशिक रोजगारको समग्र सुधारको पक्षमा रहेकोले व्यवसायीहरुसँग सहकार्य एवं छलफलको माध्यमबाट अघि बढने बताइरहेको छन् ।
मंगलवार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन प्रतिनिधिमण्डलसँग भएको भेटमा महानिर्देशक दवाडीले रेमिट्यान्स नेपाली अर्थतन्त्रको मुख्य आधार बनेको वर्तमान अवस्थामा आफ्ना कदम त्यसलाई टेवा पुराउने उदेश्यबाट निर्देशित हुने बताएका थिए । त्यसअघि सोमबार जापान इम्प्लाइमेन्ट कोअर्डिनेशन काउन्सिलसंगको भेटमा पनि सरोकारवाला सबै पक्षको धारणा र सुझाव लिएर वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने धारणा राखेका थिए ।
बुधबार मञ्च प्रतिनिधि मण्डलसंगको भेटमा पनि नवनियुक्त महानिर्देशक दवाडीले सोही धारणा राखे । यसअघि वैदेशिक रोजगार कार्यालय ताहाचलमा कार्यलय प्रमुख र साउदी अरबस्थित नेपाली दूतावासमा श्रम काउन्सिलरको जिम्मेवारी सम्हालि सकेका नवनियुक्त महानिर्देशक दवाडी वैदेशिक रोजगार क्षेत्रका समस्यासंग परिचित प्रशासक मानिन्छन् ।
आफूहरुसगंको भेटमा महानिर्देशक दवाडीले आफु सकेसम्म वैदेशिक रोजगार क्षेत्र सुधारका पक्षमा रहेको भन्दै उपलब्धिका लागि सामुहिक प्रयास हुनुपर्नेमा जोड दिएको मञ्चका अध्यक्ष भान्तनाले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।
उनले भने ‘हामीले महानिर्देशकसँगको भेटमा हाम्रा समस्याहरुका बारेमा पनि अवगत गराएका छौं, उहाँ हाम्रा समस्या समाधानका लागि प्रतिबद्ध पनि हुनुहुन्छ । उहाँको कार्यकालमा व्यवसायी र विभागबीच समन्वयमा काम हुन्छ भन्नेमा आशावादी छौं ।’ वैदेशिक रोजगार क्षेत्रमा विभिन्न राजनितिक दल निकट मानिने घटकसंस्थामा आवद्ध व्यवसायीहरुसंग शुभकामना आदान प्रदानका माध्यमबाट छलफल गरेको महानिर्देशक दवाडीले व्यवसायीहरुको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघसंग भने औपचारिक भेटघाट गर्न वाँकी छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies