बिकाश काफ्ले/मध्यान्ह
पाल्पा : नेपाली सांगीतिक बजारमा एकपछि अर्को गर्दै नयाँ–नयाँ गीतहरु आउने क्रम दिनहुँ जसो बढिरहेको छ ।
विशेष गरेर माया प्रेम, बिछोडका गीतहरु बजारमा आइरहेका छन् । यस्ता गीतलाई दर्शकश्रोताले बढी सुन्न र हेर्न मन पराउने गरेको देखिन्छ ।
यही क्रममा गायक श्रीकृष्ण श्रेत्री र गायिका मेलिना राईको स्वरमा ‘राम हो झुमा हो’ बोलको गीत सार्वजनिक भएको छ ।
बिदुर गिरीको शब्द तथा गायक क्षेत्रीले स्वयं संगीत भरेका छन् । मौलिक लोक आधुनिक शैलीको गीतमा मुख्य मायाप्रेमको विषयलाई समेटिएको छ । आफुले मन पराएको मायालाई प्रेमभाव व्यक्त गर्दैे मनाएको विषवस्तुलाई कलाकार सुनिल क्षेत्री र गीता ढुंगानाले अभिनय मार्फत उतारेका छन् ।
गीतमा सुनिल क्षेत्रीको निर्देशन रहेको छ । उक्त गीत छत्रभुमि म्युजिकको अफिसिय युटयुवमार्फत सार्वजनिक गरिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies