इस्लामाबाद : पाकिस्तान सरकारले बिहीबार ईदुल फितर अघि नै फ्रान्सेली राजदूतलाई पाकिस्तानबाट निष्कासन गर्ने माग सहितको प्रस्ताव राख्ने निर्णय गरेको छ।
उक्त निर्णय प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बसेको बैठकमा गरिएको थियो र कानूनमन्त्री फारोग नसीम, गृहमन्त्री शेख रशीद, धार्मिक मामिला मन्त्री नूरुल हक कादरी र सम्बन्धित वरिष्ठ अधिकारीहरू उपस्थित थिए। फ्रान्सेली राजदूतको निर्वासनको बिषयमा अन्य दलहरूसँग पनि सम्पर्क राख्ने निर्णय भएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन्।
उक्त बैठकले ईदभन्दा अघिनै सरकारी निर्णय संसदमा प्रस्ताव ल्याउने निर्णय गरिसकेको बतायो। फ्रान्सेली राजदूतलाई इस्लामीक धर्मप्रति निन्दा गर्दै फ्रान्समा प्रकाशीत व्यंग्यचित्रको बिरोधमा पाकिस्तानबाट निष्कासनको माग कट्टरपन्थीहरुले गर्दै आएका छन्।
तर फेब्रुअरी १० मा धार्मिक मामिला मन्त्री कादरीको नेतृत्वमा रहेको सरकारी समितिले गत वर्र्ष भएको आन्दोलनपछि फ्रान्सेली राजदूतलाई निष्काशन गर्ने सम्झौतामा टुंगिएको टीएलपी संगको सरकारी सम्झौता अप्रिल २० सम्म संसदीय स्वीकृति लिने आश्वासन दिएका थिए। स्रोतः याहु न्यूज–
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies