देवेन्द्र आलोक/मध्यान्ह
विराटनगर : सुनसरी जिल्लाको भोक्राह नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव धरानको एक होटलबाट युवतीसहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय धरानले यादवलाई पक्राउ गरे पनि सुचना गोप्य राखिएको छ । इनरुवा घर भएकी युवती सँग अध्यक्ष यादवलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेको यादव छुटाउन अहिले इनरुवाको एक होटलमा छलफल भइरहेको स्रोतले बतायो ।
अध्यक्ष यादवलाई डुकु होटलबाट पक्राउ गरिएको हो । तर यादवको सरकारी गाडी भने भेटिएको छैन । उनले एक इनरुवाकै महिलालाई जागिर लगाइदिने प्रलोभनमा होटल लगेर जवर्जस्ती करणी प्रयास गरेकोसमेत जानकारी प्राप्त भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies