काठमाडौं : अभिनेत्री सुजता सिटौलाद्वारा निर्मित ‘पिरतीको लुडो’ बोलको गीत सार्वजनिक भएको छ । सो म्युजिक भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा नायिका तेजुला खतिवडा, यसराज गरच आदिले अभिनय गरेका छन् । नायिका तेजुला खतिवडा फिचर्स फिल्मकी नायिका हुन् भने उनी अभिनित दर्जन बढी भिडियो यसअघि सार्वजनिक भइसकेको छ । लोकप्रिय गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको मिठो स्वर रहेको नयाँ आधुनिक गीत ‘पिरतीको लुडो’ बोलको म्युजिक भिडियोमा लक्ष्मी पौडेलको शब्द छ भने एरेन्ज राजन इसान, कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायांकन, निर्देशन लुजा सिंहको रहेको छ ।
गीतको स्वाद केहि फरक छ । विशेष गरी गायिका शिला बिष्टले यसअघि गाउने गीत भन्दा केहि फरक पाउन सकिन्छ । जसले गर्दा भिडियो श्रोता, दर्शक रुचीको हुन सक्ने विश्वास गर्न सकिन्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies