सुशीला रेग्मी/मध्यान्ह
रामपुर (पाल्पा) : पाल्पा रामपुरका महिलालाई उद्यमी बनाउन हाते झोला बनाउने सीप सिकाइएको छ । रामपुर नगरपालिका वडा नं ४ भित्रका २९ महिलालाई हाते झोला बनाउने सीपमुलक तालिम प्रदान गरिएको हो । वडास्तरिय महिला मूल समितिको आयोजना तथा वडा नं ४ को आर्थिक सहयोगमा संचालन भएको तालिम समितिका कार्यवाहक अध्यक्ष सुमन खाम्चा मगरको अध्यक्षतामा एक कार्यक्रम गरी समापन गरिएको हो ।
समापनका अवसरमा रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले महिलाहरुलाई तालिम लिइसकेपछि उद्यमी बनेर बजारका चोक चोकमा पसल राखेर व्यवसाय चलाएर आयआर्जन लिन आग्रह गरिन् ।
तालिममा सिकेका सीपलाई गाउँ टोलका अन्य महिलालाई पनि सीप बिस्तार गर्न सकिने बताउँदै नगर उपप्रमुख आचार्यले विभिन्न सीपमुलक तालिम आवश्यक परेर माग गरेको खण्डमा नगरपालिकाले वजेट उपलब्ध गराउने बताइन् ।
रामपुर नगरपालिका वडा नं ४ को एक लाख ५० हजार वजेट सहयोगमा घरमै फुर्सदमा बसेका महिलालाई आयआर्जनमुलक झोला बनाउने तालिम प्रदान गरिएको वडास्तरिय महिला मुल समितिका कार्यवाहक अध्यक्ष सुमन खाम्चा मगर बताउँछन् ।
महिलाहरुलाई आयआर्जनका लागि विभिन्न सीपमुलक तालिम संचालन गरी आत्मनिर्भर बनाउन झोला बनाउने तालिम संचालन गरिएको हो । छोटो समयमा उत्साहपूर्वक सीप सिकेका महिलाहरुले अब उद्यमी बनेर आयआर्जन गर्ने सोँच बनाएका छन् ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष एकबहादुर नेपाली, नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सदस्य हमिद अलिमियाँ, सुकुम्बासी समस्या समाधान आयोग पाल्पाका सदस्य दुर्गादेवी राना, वडा सदस्यहरु पार्वती परियार, मकबुल मियाँ, नेपाली कांग्रेस वडा कार्यसमितिका सभापति बसन्तराम ठाडा, नेकपा एमाले वडा कमिटी अध्यक्ष टेकबहादुर क्षेत्री, पत्रकारहरु सीता डोटेल, सुशीला रेग्मी, प्रशिक्षक बुद्धिमाया श्रेष्ठ, रानीवन तथा बडवान सामुदायिक वन समूहका अध्यक्ष प्रेमबहादुर पोखरेल, सहभागीको तर्फबाट रेनुकादेवी ठाडा लगायतले बोल्दै सीपलाई व्यवहारमा उतारी आयआर्जन लिन आग्रह गरे ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाल्पाका सदस्य हमिद अलिमियाँले सामुहिक रुपमा झोला बनाउन चाहनेलाई ईस्लामपुर ग्रील उद्योगको तर्फबाट आवश्यक सामग्री सहयोग गर्ने घोषणा गरे । वडास्तरिय महिला मुल समितिका कोषाध्यक्ष जुनु शेखको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन सदस्य लक्ष्मी थापाले गरेकि थिइन् । कार्यक्रममा सहभागीलाई समितिका सचिव कविता श्रेष्ठले धन्यवाद दिएका थिए । तालिम समापनमा अतिथिलाई मायाको चिनो महिलाहरुले उत्पादन गरेको झोला प्रदान गरिएको छ । साथै तालिममा सहभागी महिलालाई प्रमाण पत्र तथा झोला वितरण गरिएको छ भने एकहप्ता सम्म तालिममा ज्ञान सीप सिकाउने प्रशिक्षक बुद्धिमाया श्रेष्ठलाई सम्मान पत्र र झोलाले सम्मान गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies