देवेन्द्र आलोक/मध्यान्ह
बिराटनगर : भोजपुरको षडानन्द नगरपालिका–५ चिउरीवोटेमा जन्ती बोकेको गाडी दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
शुक्रबार बिहान साल्पासिलिछों गाउँपालिका–२ कुलुंगवाट ट्याम्केमैयुङको दिल्पा विहेको जन्ती लिएर जाँदै गरेको ग ३ च ३६३२ को फोर्स गाडी चिउरीवोटेमा चिप्लिएर दुर्घटना भएको हो ।
बेहुला सहित १४ जना जन्ती रहेको उक्त घाडी सडकबाट ५ मिटर तल झरेको जनाइएको छ । घाईते हुनेमा साल्पासिलिछों–२ का बर्ष ४७ का घनश्याम गिरी, बर्ष ४८ का बालकृष्ण गिरी, बर्ष ६० का बासुदेव गिरी र सोहि ठाउँका बर्ष ३५ का निल वहादुर चौहान रहेको प्रहरीले जनाएको छ ।
घाइते सवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाईते सवैलाई उपचारको लागि संखुवासभाको मनकामना हस्पिटल तुम्लिङटार पठाईएको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies