देवेन्द्र आलोक/मध्यान्ह
बिराटनगर : मोरङको सुन्दरहरैचा नगरपालिका– १० मा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो खोर्साने चोकबाट केराबारीतर्फ जाँदै गरेको मोटरसाइकलाई विपरीत दिशाबाट आउँदै गरेको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक बेलबारी नगरपालिका–१० का २६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार बेलबारी–११ का रुपेश अधिकारी गम्भीर घाइते भएका छन् । उनको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार को १ ख ६५४७ नम्बरको टिपरको ठक्करबाट स ३ प ६३०३ नम्बरको मोटरसाइकल चालक चौधरीको घथनास्थलमा नै मृत्यु भएको हो ।
शुक्रबार बिहान सोही सडकखण्डको सुन्दरहरैँचा नगरपालिका–११ खण्डमा को१त ९८४९ नम्बरको ट्र्याक्टरले को३४प ९०६९ नम्बरको मोटरसाइककलाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक नरेश सोडारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies