इसत्याक अहमद/मध्यान्ह
रौतहट : मुस्लिम समुदायहरुको महान चाड पवित्र पर्व ईदुउल फित्र (ईद)को आज रौतहटमा मनाएको छ । रौतहटमा कोरोना भाइरस (कोभिड—१९) संक्रमण तीब्रगतिमा फैलिरहेको बेला रौतहटका मुस्लिम समुदायका व्यक्तित्वहरु ईदगाह तथा मस्जिदमा नगई आफनै घरमा नमाज पढ्नुका साथसाथै एक आपसमा शुभकामना साटासाट गर्दै ईद पर्व मनाइ रहेका छन् ।
ईदका दिन ब्रतालुहरु विहानै आफनै घरमा सामूहिक रुपमा नमाज़ पढेर आफू वा आफ्नो परिवारबाट भएको सबै गल्तीको क्षमायाचना गर्दै अल्लाहसंग प्रार्थना (दुवा) मागेंका छन । ईद मनाउने क्रममा एक आपसमा अंकमाल गरी बर्षौको रिस राग बिर्सेर शुभकामना आदानप्रदान गर्ने गर्दछन तर यो बर्ष कोरोना संक्रमणले गर्दा गर्दा एक आपसमा अंकमाल नगरी फोन मार्फत एक आपसमा शुभकामना आदानप्रदान गरिरहेका छन् ।
ईदका दिन सेबई र अरु मिठो परिकारहरु खाने र खुवाउने चलन छ । करिव एक महिनाको कडा उपासनापछि बिहीबार साँझ इदको चाँद हेरी आज शुक्रबार घरमा नमाज पढी ईदुल फित्र (ईद) पर्ब मनाइएको हो ।
विश्वमा भैरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस र कोरोना महामारीबाट आम नेपालीलगयात सबैले निजात (छुटकारा) पाउन् भन्दै अल्लाहसँग दुवा मागेर ईद पर्व मनाइएको स्थानीय युवा रजत खानले मध्यान्हलाई बताए ।
मुस्लिमहरुले आज विहान ५. २५ बजे ईदको नामाज पढ्दै ईद मुबारक (शुभकामना) आदन प्रदान गर्दै देशमा अमन चैनको कामना गर्दै मनाएका छन । महिलाहरुले आ–आफ्नो परिवारमा तथा देश र देशवासीमा सुख समृद्धि आओस भन्दै नमाज पाठ गरी अल्लाहसँग दुवा मागेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies