अर्जुन बिष्ट/मध्यान्ह
रुकुम पश्चिम : जिल्ला प्रशासन कार्यालयले लकडाउनमा मदिरा उत्पादन तथा सेवन नगर्न आग्रह गरेको छ ।
प्रशासनले शनिबार एक सूचना जारी गर्दै मदिराको सेवनले रोग प्रतिरोधात्मक क्षमतामा ह्रास गर्ने भन्दै यसले कोरोना सङ्क्रमणको थप जोखिम बढ्ने बताइएको छ।
मदिरा सेवनबाट मानव स्वास्थ्यमा प्रतिकूल अवस्था सिर्जना हुने भन्दै अहिलेको स्वास्थ्य सङ्कटका समयमा मदिरा सेवन नगर्न प्रशासनले अपिल गरिएको छ ।
मदिरा सेवनबाट मुलुकका विभिन्न भागमा मानवीय क्षति भएको भन्दै अहिलेको अवस्थामा मदिराको सेवन गरेर आफूलाई थप जोखिममा नपार्न पनि आग्रह गरिएको हो ।
जिल्लामा मदिराजन्य पदार्थ बिक्रिवितरण, सेवन तथा उत्पादनमा रोक लगाइएकोले कहिँकतै लुकिछिपी बिक्री, उत्पादन सेवन गरेको पाइएमा तत्काल प्रहरीलाई खबर गर्न जिल्लाबासीलाई प्रशासन कार्यालय रुकुम पश्चिमले अनुरोध समेत गरेको छ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies