गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउपालिका अध्यक्ष नरेन्द्र सिंह धामीलाई मातृशोक परेको छ। अध्यक्ष धामीकी आमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्वर ३ भौतडी निवासी लेकम क्षेत्रकै वरिष्ठ झोडो गायिका कौशिला देबी धामीको शुक्रवार राति ८ः३० बजे ८३ बर्षको उमेरमा निधन भएको हो ।
स्व. धामीका दुई छोरा छन् । स्व. धामीका जेठा छोरा राजेन्द्र सिंह धामी राष्ट्रिय अनुसन्धान बिभागमा कार्यरत छन भने कान्छा छोरा नरेन्द्र सिंह धामी मालिकार्जुन गाउँपालिका अध्यक्ष हुन् ।
स्वर्गीय धामीले समाजमा संस्कृति परम्परालाई जोगाएर राख्नु का साथै सुदुरपस्चिमको मौलिक परम्परा अन्तर्गत झोडो, फाग, अटकौली, डिस्को, ठाडो खेल, गौराआदि कण्ठस्थ गरेर गाउँथिन् । उनले समाजलाई दिएको प्रेरणास्वरुप नेपाल प्रज्ञा प्रतिष्ठानका साथै विभिन्न कार्यक्रमबाट सम्मानितसमेत भएकी थिइन् ।
स्व. धामीको निधनले दार्चुलाले एक अथक संस्कृतिकी धरोहर गुमाएको स्थानीयले बताएका छन् । उनको कला र गलालाई समाजले जुनी जुनी सम्झिरहने स्थानीयहरुले बताए । स्व. धामीको परंरागत रीति अनुसार गोकुलेश्वर आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies