काठमाडौं : संयुक्त वक्तव्यमार्फत पार्टी एकताको आह्वान गरेको कागजको मसी सुक्न नपाउँदै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको सहमति भाँडिएको छ ।
अध्यक्ष ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै उपेन्द्रले काउन्टर पत्र पठाएका छन् ।
उनले हालसम्म जसपा दलको नेता कोही पनि चयन नभएको बताएका छन् । कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराएका छन् ।
यादवले दलको नेता चयन भनेर सन्चारमाध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएको भए त्यसलाई वैधानिकता नदिन भनेका छन् ।
यसअघि मंगलबार नै ठाकुर र यादवले संयुक्त विज्ञप्ति जारी गर्दैै राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने स्पष्ट पारेका थिए । उनीहरुले पार्टीमा देखिएको गुटबन्दीको अन्त्य गर्ने भन्दै कार्यकारणी समितिको बैठक समेत वैशाख ८ र ९ गते आह्वान गरेका थिए ।
दुई अध्यक्षको विज्ञप्तिमा अहिलेको सरकारमा भने सहभागी नहुने उल्लेख छ । नेकपा एमालेको नेतृत्वको सरकारलाई साथ दिने वा नदिने विषयमा जनता समाजवादी पार्टी दुई पक्षमा विभाजित भएको थियो ।
बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष वैकल्पिक सरकार गठनको पक्षमा छ भने महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष भने प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies