काठमाडौं : नेपालमा मंगलबार थप ८ हजार दुई सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार २८६ पीसीआर परीक्षणका क्रममा ८ हजार १ सय ३६ र ६९३ एन्टीजेन परीक्षणका क्रममा ६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या चार लाख ७२ हजार ३५४ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप १९६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा पाँच हजार चार सय ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप ६ हजार ८ सय ९१ संक्रमित निको हुँदा हालसम्म नेपालमा तीन लाख ५२ हजार ४१४ जना संक्रमणमुक्त भएका छन् ।
हाल नेपालमा १ लाख १४ हजार ५२९ सक्रिय संक्रमित आइशोलेशनमा र ७५२ जना क्वारेन्टिनमा छन् । नेपालमा हालसम्म २८ लाख १२ हजार ९५९ वटा पीसीआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies