– बाबुराम न्यौपाने ‘उत्स’, झापा
मृत्युदेखि थरथर काँप्छ
डरपोक लाछी ।
स्वास त पशुले पनि फेर्छ
चरालेपनि प्रेमगर्छ बच्चा हुर्काउछ
जीवन प्रेम र मृत्युु
कस्को हुँदैन !!
खोलाको पनि अस्तित्व
र बिलय चक्र हुन्छ
सागर चुम्छ
बग्छ जम्छ पग्लन्छ
बाफबन्छ बादलबन्छ र
माथिमाथि आकाशमा उड्छ । ।
पानी पनि
उड्ने सपना देख्छ
समुद्र बन्ने कल्पना गर्छ
हिमाल भएर
उचाइ चुम्ने रहर पाल्छ
फेरि खस्छ र समुद्र भएर छचल्कन्छ ।
ढुङ्गाले पनि कलामा
जीवनको बिम्ब खोज्छ
काठमा पनि अमर कलाको
चिन्ह कुँदिन्छ
पृथ्वी पनि
ब्रमाण्डको गुरुत्वाकर्षणसँग
आकर्षित हुन्छ ।
लाछी मान्छे
कुवामा आँधी ल्याउने कल्पना गर्छ
मृत्युको भय र अनुभूतिनेै
मान्छेका उड्ने पखेटा हुन्
कावा खानु छ
अनन्त आकाशमा–निरन्तर निरन्तर ...।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies