नवलपरासी : पूर्वी नवलपरासी जिल्लामा साताको दुई दिन मात्रै बैंक खुला गर्ने प्रशासनको निर्देशनले सेवाग्राही मारमा परेका छन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले बैंक तथा वित्तीय संस्थाहरुलाई सातामा दुई दिन मात्रै दुई घण्टा खुला गर्न निर्देशन दिएपछि जिल्लाका सबै बैंकहरुमा अत्याधिक भिड बढेको छ ।
जेठको चर्को घाममा बैंक बाहिर सडकमै सैंयौं सेवाग्राहीहरु लाममा बस्न बाध्य भएका छन् । आइतबार जिल्लाको कावासोतीस्थित बैंकहरुमा सेवाग्रहीको सडकमा लामो लाम देखिन्थ्यो । अत्याधिक भिड बढेपछि कोरोना संक्रमणको जोखिम पनि उत्तिकै बढेको बैंक कर्मचारीहरु बताउँछन् ।
असार लागेपछि भने प्रशासनले साताको ६ दिन नै दैनिक चार घण्टा खुला गर्न दिने भएको छ । बैंक तथा वित्तीय संस्थाहरु हप्ताको दुई दिन मात्र खुल्दा बैंकमा सेवाग्राहीको चाप बढेको र सेवाग्राहीको समेत गुनासो आएका कारण हप्तामा ६ दिन दैनिक चार घण्टा नियमित सञ्चालन गर्ने गरी निर्देशन दिन लागिएको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।
पहिलो पटक निषेधाज्ञा जारी गर्दा सातामा दुई दिन मात्रै बैंक खोल्न दिने निर्णय निर्णय भएको थियो । तर त्यसको एक साता नबित्दै पुनः बैंकहरु सातामा दुई दिन दुई घण्टा मात्रै खोल्न दिने प्रशासनले निर्देशन दिएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies