पोखरा : गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको छ । आइतबार गण्डकीमा ३४७ जना कोरोना संक्रमित थपएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५० हजार नाघेको हो ।
आइतबार थपिएकासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ५० हजार ३०४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराकाअनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २८० जनामा परीक्षण गर्दा ३४७ जनामा संक्रमण पुष्टी भएको हो ।
आइतबार संक्रमण पुष्टि हुनेमा कास्कीका १५२ जना, तनहुँका ४७, स्याङ्गजाका ४५, नवलपुरका ४१, गोरखाका २४, म्याग्दीका २१, लमजुङका १४ र पर्वतका ३ जना छन् ।
यस्तै, आइतबार गण्डकी गण्डकी प्रदेशमा थप सात जनाको मृत्यु भएको निर्देशनालयले पुष्टि गरेको छ । आइतबार मृत्यु पुष्टि हुनेमा तनहुँका २ जना तथा कास्की, नवलपुर, स्याङ्गजा, बागलुङ र मुस्ताङ्ग जिल्लाका १/१ जना छन् ।
योसँगै गण्डकीमा कोरोना संक्रमण पुष्टी भई मृत्यु हुनेको संख्या ८३८ पुगेको निर्देशनालयले जनाएको छ ।
यसैबीच, पछिल्लो २४ घण्टामा गण्डकीबाट ४७३ जना कोरोनामुक्त भएको आइतबार निर्देशनालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ । योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ४३ हजार ६१९ पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies