बिष्णुकुमारी घिमिरे/मध्यान्ह
चन्द्रगढी : असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै झापामा खुकुलो बनाईएको छ । आइतबार बसेको डीसीसीएमसीको बैठकले नागरिकको जनजीवनलाई सहज बनाउन खाद्यान्न, हार्डवेयर, कृषि ,वीउविजन, खुकुलो बनाइएको छ ।
डीसीसीएमसीको बैठकले खाद्यान्न, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ ।
हाट बजार , पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आह्वान समेत गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने , एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ ।
यस्तै, सहकारीहरुलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्यलाई रोक लगाएको छ ।
मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखि ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।
त्यस्तै हार्डवेयर सम्बन्धी पसल बिहान ६ बजेबाट १० बजेसम्म खुल्ला गर्न अनुमती दिएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा भने रोक लगाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies