काठमाडौं: जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकताको विवादको टुंगो लाग्ने भएको छ । निर्वाचन आयोगले जसपाको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले दाबी गरेको आधिकारिकताको विवाद आज टुंगो लगाउने भएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले इजलासको बहस आज सकिने भएकाले आजै फैसला आउन सक्ने जानकारी दिए । जसपाको आधिकारिकता विवादमा आयोगले इजलास गठन गरेको थियो । यसअघि आयोगमा जसपाको महन्थ ठाकुर पक्ष र उपेन्द्र यादव पक्षबीच भएको छलफलमा जसपाको विभाजन सम्बन्धी प्रक्रियामा अगाडी बढ्न दुवै पक्ष सहमत भएका हुन् ।
दुवै पक्षसंग सहमतिको प्रयास भएपनि सहमति नजुटेपछि आयोगले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिकता निरुपण गर्न प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा इजलास गठन गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएको हो ।जसपाको उपेन्द्र यादव पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै अयोगमा निवेदन पेस गरेको थियो ।
जसपाको दुवै पक्ष पार्टी एक गराउनको निम्ति सहमत नभएपछि निर्वाचन आयोगको प्रक्रिया अनुरुप आ–आफ्नो बाटो लाग्न तयार भएका हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies