माननीय मुख्यमन्त्री पुस्कर सिंह धामी ज्यू
उत्तराखण्ड प्रदेश भारत
मुख्यमन्त्री ज्यू, तपाईं उत्तराखण्डको मुख्यमन्त्रीमा नियुक्त हुँदा मेरो जिल्ला दार्चुलादेखि मेचीसम्मका नेपाली नागरिकहरुले फेसबुक ट्वीटरमार्फत सामाजिक संजाल रंग्याएका थिए । नेपालबाट करोडौंको बधाईको ओइरो आएको थियो । हुन पनि तपाईँप्रति नेपालीहरुको निक्कै आशा थियो । अर्को कुरा, हामी धामी जातीहरुको त खुट्टा नै भुइँमा रहेन । तपाईँ उत्तराखण्डको मुख्यमन्त्री भए पनि हाम्रै जाती कै भएर होला कतिपयले त हाम्रै दाइ भनेर सामाजिक सन्जाल रंगाएका थिए ।
मैले धेरै जसो स्टाटस देँखे ‘दार्चुलालगायत सुदूरपश्चिममा भैरहेको सीमा विवाद सुल्झिएर अन्त्य हुनेछ, हामी ढुक्क छौँ र आशावादी छौँ’ धेरै नेपालीले यस्तै लेखेका थिए । बिड्म्बना तपाईँ मुख्यमन्त्री भएको दुई महिना नबित्दै दार्चुला जिल्ला ब्यास गाउँपालिकाका जय सिंह धामीले अकालमै महाकालीमा बिलिन हुनुप¥यो । यो घटना तपाईँले पनि सुनेको हुनुपर्छ । जे–जस्तो भए पनि भारतीय एसएसबीले तुइन काटेर महाकालीमा बिलिन भएका जय सिंह धामी पनि तपाईँ कै थरका मान्छे हुन । त्यो घटना सुन्दा अलीकती पनि तपाईंको छाती चसक्क भएन र ?
तपाईँको सीमा सुरक्षा बल एसएसबीले अमानवीय र दानबी व्यवहार गरेको सुन्दा तपाईँ मन कत्ति पनि दुखेन र ? मान्छे तुइनमा झुन्डिएको देख्दा देख्दै त्यो राक्षसी रुपी एसएसबीले तुइन काटेको सुन्दा त्यो राक्षसी रुपी एसएसबीलाई कारबाही गरिहाँलु भन्ने तपार्इँको मनले मनमा आएन र ? हामी यसलाई यसरी बुझ्छौं, ‘निर्दोष जय सिंह धामीको सुनियोजित हत्या थियो, यदि तुइन काट्नु नै थियो भने तुइनमा मान्छे नचढेको बेलामा काटे हुँदैन्थ्यो र ? के ती जय सिंह धामी आतंककारी थिए र ?’ यस्तै हाम्रो मनमा तपाईँमाथि यी प्रश्नहरु खडा भैरहने छन । हुनत हामी तपाईँको के नै गर्न सक्छौं र ? तै पनि जिज्ञासा राख्ने मन लाग्यो । हुनत हामीले अझै पनि तपाईँप्रतिको आशा भने मारेका छैनौँ । तपाईँको फैसलाको बाटो कुरेर बसेका छौँ ।
माननीय मुख्यमन्त्री ज्यू, अब त्यो बर्दीधारी दानव एसएसबीलाई तपाईँले के कारबाही गर्नु हुन्छ भनी तपाइँलाई मुख्यमन्त्री हँुदा बधाई दिने हरेक नेपालीले अहिले नियाली रहेका छन । आसा गरेका छौँ ती निर्दोष जय सिंह धामीको परिवारलाई क्षतिपुर्ती दिलाउनु हुनेछ भन्ने । हुनत म तपाईँको फेसबुकसँग जोडिएको छु । तपाईँको फेसबुक पेज हरेक समय–समयमा हेर्ने गर्छु । कतै त्यो घटना बारे लेखी हाल्नु हुन्छ कि भनेर तर, बिडम्बना त्यो घटनाको सम्बन्धमा कुनै पनि प्रतिक्रिया नदिएको देख्दा साह्रै दुःख लाग्यो ।
जय सिंह धामी बस्ने व्यास गाउँपालिका भौगोलिक हिसाबले निक्कै विकटता छ । तपाईँकै देशको बाटो भएर सदरमुकाम दार्चुला आउनुपर्छ । जय सिंह धामीको घटना त एक उदाहरण मात्र हो । सीमाना एसएसबीबाट हरेक सीमामा बस्ने नेपालीहरुले चरम यातना भोग्ने गरेका छन् । यो बारे हामीले कुन न्यायालय जाने सहेर बस्न बाहेक कुनै विकल्प नै छैन ।
जय सिंह धामीको विदेश गएर केही पैसा कमाई ती लालाबाला कोपिला हरुलाइ हुर्काएर उनको भविष्य उज्ज्वल बनाउने सपना एकै छिनमा तपाईँको त्यो दानव एसएसबीले तुइन काटेर बिलिन पारिदियो । यो गरुँला, त्यो गरुँला भन्ने जय सिंह धामीका सारा सपना क्षण भरमै महाकालीमा बिलिन भए । कारण त्यही एसएसबी थिए ।
कुरा रह्यो, अब जय सिंह धामीले तपाईँबाट के न्याय पाउने कि नपाउने ? अमानवीय व्यवहार गर्ने ती एसएसबीलाई कारबाही हुने कि नहुने ? के ती जय सिंह धामी आतंककारी थिए र ? जातीयताको नाताले यी प्रश्नहरुको समाधान गर्नु तपाईँको धर्म हुनेछ ।
तपाईँ मुख्यमन्त्री हुँदा दार्चुलाबासीको लागि खुसीको कुरा पनि थियो । किनकी तपाईँको पुर्ख्यौली घर धेरै टाढा नभई भारतको उत्तराखण्ड काणलछिना थियो । जय सिंह धामी अस्ताएको ठाउँबाट तपाईँको पुर्ख्यौली घर धेरै टाढा पर्दैन ।
मुख्यमन्त्री ज्यू, तपाईँको थर÷गोत्र र महाकालीमा बिलिन भएका जय सिंह धामीको थर÷गोत्र एउटै पर्छ । त्यसकारण पनि हामी आशावादी छौं, तपाईँले जातीय हिसाबले पनि यो मुद्दालाई नजिकबाट नियालेर हेर्नुहुनेछ भन्नेमा हामी ढुक्क छौँ । अन्त्यमा, यदि जय सिंह धामीलाई न्याय दिन सक्नु भएन भने हाम्रो पुस्ताले तपाईंलाई धिक्काने नै छ ।
गणेश सिंह धामी. शैल्यशिखर नगरपालिका–६, दार्चुला
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies