काठमाडौं : आईसीसी यू-१९ पुरुष क्रिकेट विश्वकपको एसिया छनोट रद्द भएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद ‘आईसीसी’ले छनोट रद्द भएको जानकारी दिएको हो । आईसीसीले कोरोना महामारीको कारण एसिया छनोट रद्द गरेको हो ।
एसिया छनोट रद्द भएसँगै एसियाबाट युएई विश्वकपका लागि छनोट भएको छ । छनोट रद्द भएसँगै नेपालको विश्वकप खेल्ने सपना सकिएको छ ।
यस्तै आईसीसीले अमेरिका र इस्ट एसिया प्यासाफिकको छनोट समेत रद्द भएको जनाएको छ ।
अमेरिका क्षेत्रबाट क्यानडा र पूर्वी एसियाबाट पपुवा न्युगिनी विश्वकपका लागि छनोट भएका छन् । युरोप र अफ्रिका क्षेत्रको छनोट भने आयोजना हुने आईसीसीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies