काठमाडौं : शेयरबजारलाई नकारात्मक असर पर्ने गरी मौद्रिक नीतिमा व्यवस्था गरेको भन्दै रुष्ट बनेका लगानीकर्ताले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजनीनामा माग गरेका छन् । शेयर धितोकर्जामा कडाइ गरेसँगै लगानीकर्ता आक्रोशित बनेका हुन् ।
लगानीकर्ता रामकृष्ण ढकालको संयोजकत्वमा पुँजीबजार सुधार संघर्ष समिति नै गठन गरेर लगानीकर्ताले सो व्यवस्थाविरुद्ध आन्दोलन तयारी गरेका हुन् ।
आज समितिले निकालेको विज्ञप्तिमा आफ्नो सम्पत्ति धितोमा राखेर क्षमताअनुसार ऋण लिन पाउने सहज व्यवस्थालाई अप्ठेरो बनाउँदै शेयर धितो ऋणमा सीमा तोकिदिएको आरोप लगाइएको छ ।
शेयर धितो कर्जामा कडाइ गरेसँगै पछिल्लो समय बजार निरन्तर घटिरहेको छ भने आज आइतबार पनि ५ प्रतिशतले नेप्से घटेर केही समयका लागि कारोबार नै बन्द गर्नुपरेको थियो ।
लगातार नेप्से घट्न पुगेपछि लगानीकर्ता गभर्नर अधिकारीको राजीनामा मागसम्म पुगेका हुन् । समितिले १६ बुँदे मागसहित राजीनामा माग गरेको छ ।
उक्त मागमा गभर्नर महाप्रसाद अधिकारीको राजीनामा, धितोकर्जा नीति तत्कालै परिमार्जन गर्नुपर्नेलगायतका समेटिएका छन् ।
लगानीकर्ताले आफूहरूले राखेका माग तत्काल पूरा नगरे आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies