काठमाडौं : अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग स्तब्ध भएको छ ।
आइतबार दशरथ रंगशालामा भएको खेलमा भारतले नेपाललाई २–१ को गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा बराबरी भएको खेलमा यी तीन गोल दोस्रो हाफमा भएका थिए ।
नेपालका लागि एक मात्र गोल तेज तामाङले ८७ औं मिनेटमा गरेका हुन् ।
यसअघि भारतका लागि सुनील क्षेत्री र फारुख चौधरीले एक एक गोल गरेका थिए ।
यसअघि बिहीबार भएको मैत्रीपूर्ण खेलमा भारत र नेपालको खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।
नेपालले भारतसँग खेलेको यो २१ औं पटक हो । नेपालले यसअघि २ वटा खेलमा मात्र जित निकाल्न सकेको छ ।
यसअघि बिहीबार दशरथ रंगशालामा भएको खेलमा बराबरीसहित ४ खेलमा बराबरी भएको छ । अन्य १४ खेलमा भारतले जित निकालेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies