गोमती पाल/मध्यान्ह
महेन्द्रनगर : भारतबाट अवैधरुपमा भित्रिएको समान बरामद गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेड क्वाटर शैलेश्वरी मातहतको बोर्डर आउट पोष्ट गड्डाचौकी र पुनर्वासको टोलीले समान बरामद गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार एक लाख ७१ हजार मूल्य बराबरको समान बरामद गरिएको छ । ती समानमा खाद्य सामाग्री, बिडि, सुर्ती, कस्मेटिक तथा किराना सामान छन् । बरामद समान गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies