देवराज सुवेदी/मध्यान्ह
सिन्धुपाल्चोक : मेलम्ची नगर उद्योग वाणिज्य संघ मेलम्ची नगरपालिकाको पहिलो बैठक मेलम्चीमा सम्पन्न भएको छ । पुस्कर प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न महत्वपुर्ण निर्णय भएको संस्थाका महासचिव तारा बानियाँले जानकारी दिए ।
बैठकले बाढी पहिरो तथा प्राकृतिक विपत्तिमा परेका हरुको उद्धार तथा राहत र व्यापारिक हकहितको लागि निरन्तर काम गर्ने निर्णय गरेको छ । हाल २१ सदस्सीय समिति रहेको संस्थामा आगामी दिनमा सदस्य संख्या थप गर्दै लैजाने सचिव एकलाल श्रेष्ठले जानकारी दिए ।
सोमबार बसेको बैठकले विष्णु प्रसाद धिताललाई कानूनी सल्लाहकार समेत नियुक्त गरेको छ । साथै मेलम्ची पाँचपोखरी, मेलम्ची हेलम्बु र मेलम्ची इन्द्रावती जाने सडक वैकल्पिक रुपमा भने पनि तत्काल सञ्चालनका लागि नगरपालिकालाई ध्यानाकर्षण गर्ने निर्णय समेत भएको छ । बाढीबाट क्षति पुगेको रेडियो मेलम्ची सञ्चालनका लागि समेत ५ हजार रुपैयाँ समेत सहयोग गरिएको छ ।
संस्थाका अध्यक्ष पुस्कर धितालले रेडियो मेलम्चीका प्रतिनिधि दिपिन ढुंगानालाई सो रकम हस्तान्तरण गरिएको छ । आगामी दिनमा दीर्घकालिन सोचका साथ नगर भित्रका सबै वडाका व्यापारीहरुलाई समेटेर सदस्य संख्या थप गर्दै आगामी योजना बनाउने संघका उपाध्यक्ष बिजयकृष्ण श्रेष्ठले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies