दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
काठमाडौं : हि (रगत) ती (झोल) हिती (धारा) भनेपछि हामी मानव जीवनमा अत्यावश्यक बस्तु हो । त्यसबाट बग्ने पानी बिना हामी मानवहरु बाँच्न सक्दैनौँ । त्यसैले सम्पदा संरक्षणका महाअभियानका संयोजक यादवलाल कायस्थले हितीलाई ‘हि’ कोे अर्थ ‘हामी मानवहरुको रगत’ र ती को अर्थ ‘झोल’ को रुपमा व्याख्या गरेका छन् । रगतसँग सम्बन्ध राख्ने झोल भएकोले संयोजक कायस्थ हिती नै भन्न रुचाउँछन् । काठमाडौं उपत्यका लगायतका सम्पदाहरु जोगाउने भन्दा बढी मास्ने कार्य भइरहेकोमा अभियन्ता संयोजक कायष्ठ लगायतका समूहहरु रुष्ट भएका छन् । यो १४ आँै शताब्दिमा निर्मित दरबारमार्गबाट कमलपोखरी जाने ओरालोस्थित स्वह्रा हिती हो । यसलाई तीनधारा पनि भनिन्छ । यहि धाराको नामबाट तीनधारा पाठशाला निर्माण भएको हो ।
सम्पदा अभियानकै क्रममा घुम्दै जाँदा यो स्थानमा आइपुगेका उनी यस्तो असाधारण सम्पदा क्षतविक्षत अवस्थामा देख्दा उनको मन पनि क्षतविक्षत नै भए । यो हिती निर्माणमा यादवलाल लगायतको ठूलो योगदान छ । उनीहरुले घरबाटै कुटो, कोदालो, साबेल बोकेर गएर उत्खनन्मा जुटेका थिए । जति उत्खनन् गर्दै गयो । उती असाधारण पुरातात्विक सामानहरु भेट्दै गए ।
छिमेकीको कब्जामा रहेको सो हिती छिमेकीले फोहर फाल्ने ठाउँ बनाइरहँदा उनले यो हितीको अवस्था त्यस्तो देखेपछि वडा कार्यालय हुँदै पुरातत्व विभागसम्म पुगे । धेरै प्रक्रिया पश्चात अनन्त पुरातत्व विभागबाट २० लाख रुपैयाँ विनियोजन भएर एक तामाङ ठेकेदार लगाएर हितीको पुनर्निर्माणको जिम्मा लगाइयो । पुनर्निर्माण गरियो । धारा राखे तर पानी आउँदैन । एउटा धाराबाट पानी चुहिरहन्छ भने दुईवटा धारा सुख्खा छ । केहि फिट माथि कुवा छ । त्यहाँ निरन्तर पानी जमिरहन्छ तर त्यो पानी धारामा झारिएन । जस्तो हुनुपर्ने त्यस्तो नभएपछि पुरातत्व विभाग जस्तो संस्थाले लापरबाही गरेकोले सम्पदा महाअभियानमा जोडिएका कसैलाई पनि चित्त बुझेन ।
यादवलाल कायस्त १० लाखको पनि काम नभएको र बिल भरपाई गरी काम सकाएको बताउँछन् । सम्पदा बन्दा पुरातत्वको प्रावधान अनुसार गिट्टी, बालुवा, सिमेन्ट प्रयोग गर्न पाईदैन तर यहाँ प्रयोग भएको छ । त्यसैले यो पूर्ण नभएको उनी बताउँछन् ।
यो हितीको निकास दिइएको छैन निकास नदिइ हिती पुर्ण नहुने बताउँछन् कायष्ठ । निकास नदिँदा पानी जमेर विभिन्न रोग फैलन सक्ने र फोहर थुप्रिएर पुरिन गई हितीको अस्तित्व नामेद हुनसक्ने उनी बताउँछन् ।
सोही हितीसँगै एउटा पुरानो फल्चामा ५० औं वर्ष पहिलेदेखि बस्दै आएका सन्त बहादुर खत्री पश्चात धादिङका फलप्रसाद तिमल्सिना बस्दै आएका र उनका अनुसार जिर्ण अवस्थामा रहेको वाणेश्वर महादेवको मन्दिर र सँगै स्वह्रा हिती रहेकोले पछिल्लो समय यादवलालको सक्रियतामा हिती पुनर्निर्माण भएपनि वाणेश्वर मन्दिर पुनर्निर्माण हुन सकेको छैन ।
पुरातत्वविद् श्यामसुन्दर राजबंशी प्रताप मल्लको पालामा वि.सं १७२६ मा रानीपोखरी निर्माण गरिएसँगै निर्माण भएका हिती भएको र यस्ता हितीहरु लगायतका सम्पदाहरु पुरातत्व विभागबाट संरक्षण हुनुपर्ने र पुरातात्विक सम्पदामा धारा, कुवा, पोखरी जस्तो सम्पदामा गिट्टी, बालुवा, सिमेन्ट प्रयोग नै नगर्ने भन्नेत हैन आवश्यत्ता अनुसार प्रयोगमा लिन सकिने बताउँछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies