पवन जयसवाल/मध्यान्ह
नेपालगञ्ज (बाँके) : जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरीले १ लाख ४ हजार ८ सय रुपैयाँ बराबरको अवैध भन्सार छलिको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले बुधबार नेपालगन्ज उप–महानगरपालिका वडा नं.१० बाट सो सामग्रीहरु बरामद गरेको हो ।
प्रहरीले लत्ता कपडा, मिक्सर मेशीन, मोबाइलका कभर, छोहरा लगायतका विभिन्न अवैध सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बरामद गरिएको सामानहरु आवश्यक प्रक्रिया पूरा गरी थप कारवाहीको लागी बाँकेको भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies