दिपेन्द्र श्रेष्ठ/मध्यान्ह
भक्तपुर : सेवा निवृत शिक्षक समाज भक्तपुरको अध्यक्षमा अम्बिकामान मानन्धर चुनिएका छन् । समाजको दोश्रो साधारणसभाबाट मानन्धरको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामगोपाल कर्माचार्य, सचिवमा शेरबहादुर ङाखुसी, कोषाध्यक्षमा विश्वराम कवां, सहसचिवमा पशुपतिमान थकू, सहकोषाध्यक्षमा सुन्दरमान शाक्य चुनिएका छन् ।
यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष नाति कवां, धीर्जबहादुर कायष्ठ, विश्वनाथ प्रजापति, रामशरण खानिबञ्जार, चन्द्रकान्ता प्रजापति, सजीव था श्रेष्ठ, ज्ञानसागर प्रजापति चुनिएका छन् । साथै रत्ककेशरी कक्षपति, अमोकरत्न शाक्य, गंगा शर्मा, तुल्सीराम ग्वाछा र रामभक्त कोजू सदस्यमा चुनिएका छन् । एकजना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष रामगोपाल कर्माचार्यले मध्यान्हलाई बताए ।
सेवा निवृत शिक्षक समाज शिक्षण पेशावाट सेवा निवृत भएका शिक्षकहरुको संगठन हो । ‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि यो संस्था खोलिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies