सहबान अन्सारी/ मध्यान्ह
नवलपरासी, २१ असोज । नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ६ गुठी परसौनीमादेखि १७ औं खुल्ला क्रिकेट प्रतियोगिता आज देखी शुरु भएको छ । माउण्ट क्रिकेट क्लबकोआयोजनामा आयोजित प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका संविधान सभा सदस्य देवकरण प्रसाद कलवारले गरेका थिए ।
उद्धघाटन कार्यक्रममा बोल्दै कलवारले खेल जगतमा खेलाडीहरुको क्षमता विकासका लागि यस्तो प्रतियोगिताको आयोजना हुन जरुरी भएको र राष्ट्रको लागि खेलकुद स्वास्थ्यको लागी खेलकुद आवश्यक भएको हुदाँ खेल विकासको लागि आफूले सदैव तत्पर रहेको नेता कलवारले बताए ।
कार्यक्रममा प्रतापपुर गाउँपालिकाका कार्यबाहक अध्यक्ष अन्जु कुमारी चौधरी, नेपाली कांग्रेस क्षेत्रीय सभापती मुकुल कुमार आचार्य, समाजसेवी उमेश चन्द्र यादव, समाजसेवी केशव अधिकारी, दिनबन्धु मिश्रा, राजेश पाण्डे, रामप्रित यादव, लगायतको उपस्थिती रहेको थियो ।
करिव एक हप्ता संचालन रहने प्रतियोगितामा १६ वटा टिम सहभागी हुने आयोजकले बताएको छ । प्रतियोगितामा प्रथम हुने टिमले ३० हजार नगद पुरस्कारसहित मेडल र सिल्ड प्राप्त गर्नेछ । त्यस्तै दितिय हुने टिमले १५ हजार नगद पुरस्कारसहित सहित मेडल र सिल्ड प्राप्त गर्नेछ । प्रत्येक खेलमा उत्कृष्ट खिलाडीलाई म्यान आफ द म्याच सम्मानित गरिने छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies