– शंकर ज्ञवाली
१
अग्राख पनि खोक्रो हुन्छ धमिरा सल्के पछि
गालासमेत चाउरी पर्छन् उमेर ढल्के पछि
बैसमा जस्तो कहाँ हुन्छ र बुढेसकालमा बाबू !
बोलीसमेत तलबले हुन्छ दाँत खल्के पछि ।
२
तिमी र म एक्लै बसि रून बाँकी छ
मूटुले त्यो दिललाई छुन बाँकी छ
यो देखावटी मेल मिलाप मात्र हो !
वान टु वान वार्ता अझ हुन बाँकी छ ।
३
उखान मात्र होइन् अर्ती खोज्दैछु
दुई मूटु ट्याप्पै पार्ने जर्ती खोज्दैछु ।
जे खोज्यो त्यो कहाँ पाईन्छ होला र !
निलो आकाशमाथी धर्ती खोज्दैछु । ।
४
बारी पाएपछि आँठो बिर्सिन्छन्
दाम्लो पाएपछि गाँठो बिर्सिन्छन् ।
सबै स्वार्थी छन् कसलाई के भनौं !
फिनी पाएपछि साठो बिर्सिन्छन् । ।
५
खोँटो मोहोरलाई बजारमा भजाउन मिल्दैन
ओइलिएको फूललाई शिरमा सजाउन मिल्दैन ।
सबै साधन र सर्जाम आफ्नो ठाँउँमा दुरुस्त हुनुपर्छ !
खरी झरेका मादललाई रन्काएर बजाउन मिल्दैन । ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies