कमल खड्का/मध्यान्ह
रोल्पा : रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका वडा नं ६ दार्बाेटस्थित ५६ वर्षीय पूर्ण बहादुर बुढाको आफ्नै घरमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले मध्यान्हलाई जानकारी दिए ।
घरमा एक्लै बस्दै आएका बुढाको बिहान करिब ११ बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हेर्दा हत्या भएको अवस्थामा पाइएको डिएसपी सुवेदीले जानकारी दिए ।
घटना शंकास्पद भएकाले थप अनुसन्धानका लागि नेपालगञ्जबाट कुकुरसहितको टोली बोलाइएको रोल्पा प्रहरीले जनाएको छ ।
घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालयबाट डिएसपी सुवेदी नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको छ । बुढा नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ता भएको नेपाली कांग्रेस रोल्पाका कार्यवहाक सभापति किशोर कुमार आचार्यले मध्यान्हलाई बताए ।
उनी गत साउन २३ गते सम्पन्न नेपाली कांग्रेसको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा छनोट भएको आचार्यको भनाइ छ । श्रीमतीको केही समयअघि मृत्यु भइसकेको र छोराछारीहरू वैदेशिक रोजगारीमा रहेकाले बुढा एक्लै बस्दै आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies