काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलमा दीर्घकालिन स्याहार केन्द्रहरुमा सहायकका लागि लिएको परीक्षाको अन्तिम नतिजा प्रकाशित गरेकोे छ ।
विभागले भाषा परीक्षा उत्तीर्ण गरी तौल तथा उचाइको मापदण्ड पूरा गरेका १ हजार ६ सय जनाको सूची नेपालस्थित इजरायली दूतावासमा बुझाइएकोमा इजरायलको राजधानीमा गरिएको चिठ्ठा प्रणालीमार्फत एक हजार व्यक्ति छनोट गरिएको विभागका महानिर्देशक दिपक काफ्लेले बताए ।
नेपाल र ईजरायलको संझौता अनुसार एक हजार मध्ये ७ सय महिला र ३ सय पुरूष इजÞरायल जानेछन् । विभागले आवेदन माग गरेपछि ९ हजार ७ सय नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार ९ जना परीक्षामा सहभागी भएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies