इस्तयाक अहमद/मध्यान्ह
रौतहट : रौतहटमा लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा रौतहट, गौर नगरपालिका वडा नं. ४ टिकुलिया बस्ने ४३ बर्शीया पुनम उपाध्याय, पर्सा बहुदरमाई न.पा.वडा नं.४ बहुअरी टोल बस्ने रबि यादवकी श्रीमती २६ बर्षीया सुनिता यादव, पर्सा वीरगंज म.न.पा.वडा नं.११ श्रीपुर टोल बस्ने २४ बर्षीया नैना कुमारी मण्डल र रौतहट गुजरा न.पा.वडा नं.३ सिमरा टोल बस्ने ४२ बर्षीय उमाशंकर तिवारी रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं.४ टेकान टोलस्थित डा.अन्जुम तैयवको घरकोठामा भडा लिई बसेकी पुनम उपाध्यायलगायत उमाशंकर तिवारी, नैना कुमारी मण्डल, सुनिता यादवसमेतको पूर्व योजना अनुसार रौतहटको गुजरा नगरपालिका वडा नं.३ सिमरा टोल बस्ने बिजय शंकर तिवारी र गुजरा नगरपालिका वडा नं.१ भसेडवा बस्ने ४३ बर्षीय रामलाल महतो कुशवाहालाई पुनम उपाध्यायको घर कोठामा खाना नास्ता खान वोलाई उनीहरुले चढी आएका ना १९ प ६७३३ नम्बरको मोटरसाइकलमा लागू औषधहरु हाली प्रहरीलाई खवर गरेकोमा घटनाको वास्तविक बुझदै जाँदा पक्रा परेका ब्यक्तिहरुको संलग्नतमा लागू औषधहरु राखिएको बताइएको छ ।
उनीहरुविरुद्ध आपराधिक षडयन्त्र तथा लागू औषध शिर्षक मुद्दा दर्ता गरी जिल्ला अदालत रौतहटबाट जरुरी पक्राउ स्विकृत गराई निजहरुलाई ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको न्यायिक हिरासतमा राखि आवश्यक अनुसन्धान कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
उनीहरुबाट प्रतिवन्धित लागू औषध नाइट्रोजीपाम ट्याब्लेट एलपी नाइट्राभेट -१० लेखिएको ; पत्ता र १० पत्ता ( २९६ वटा ), डाइजापाम ईन्जेक्टिओ एलपी २ एमएल लेखिएको ७ वटा, बुप्रेनोरपाइन ईन्जेक्शन एलपी नोफिन २ एमएल १० वटा र प्रोमेथाजीन हाइड्रोक्वोइड ईन्जेक्शन एलपी फेनेरजीन २ एमएलको ६ वटा बरामद भएको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies